logo
२०८१ बैशाख ८ शनिवार



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्‍यो

अन्तर्राष्ट्रिय |


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्‍यो


नयाँदिल्ली, माघ २९ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ ।

केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ ।

सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै  छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ ।

अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ 

छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?