logo
२०८१ बैशाख २६ बुधवार



क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी

अन्तर्राष्ट्रिय |


क्यानडाका प्रधानमन्त्रीद्वारा दुर्लभ आदेश जारी


ओटावा, फागुन ३ गते । क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नुभएको हो ।

ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोपसम्बन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन् ।

ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन सुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गर्नुभएको थियो । त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गर्नुभएको हो ।

यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?