logo
२०८१ बैशाख २६ बुधवार



भ्यालेन्टाइन्स डेका अवसरमा सयौँ प्रेमी–फ्रेमिकाले गरे विवाह

अन्तर्राष्ट्रिय |


भ्यालेन्टाइन्स डेका अवसरमा सयौँ प्रेमी–फ्रेमिकाले गरे विवाह


मेक्सिको, फागुन ३ गते । प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी–फ्रेमिकाले विवाह गरेका छन् ।

मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।

विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ वर्षीया रोसाल्बा सिल्भाको जोडी पनि छ । उनीहरुको भेटघाट पाँच वर्ष अगाडि भएको थियो ।

वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए ।

“मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रममार्फत यसअघि नै विवाह गर्नुभएको हो, उहाँहरु अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ,” विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने ।

धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान गरिएको थियो ।

“एकै ठाउँमा एकैचोटी ६६१ जोडीको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,” व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?