logo
२०८१ बैशाख २५ मंगलवार



इथियोपियाको शरणार्थी शिविरमा आक्रमण, पाँच जनाको मृत्यु, हजारौं विस्थापित : राष्ट्रसंघ

अन्तर्राष्ट्रिय |


इथियोपियाको शरणार्थी शिविरमा आक्रमण, पाँच जनाको मृत्यु, हजारौं विस्थापित : राष्ट्रसंघ


अदिस अबाबा, फागुन ६ गते । उत्तरी इथियोपियाको अफर क्षेत्रमा एक सशस्त्र समूहले गरेको आक्रमणमा परी शुक्रबार कम्तीमा पाँच शरणार्थीको मृत्यु भएको छ ।

झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बस्दै आएका शरणार्थीमाथि आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ ।

राष्ट्रसंघका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि पाँच शरणार्थी’ को मृत्यु भएको छ । त्यस्तै आक्रमणकारी समूहले केही महिलाहरूलाई अपहरण गरी लगेको बताइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?