logo
२०८१ बैशाख २५ मंगलवार



इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु



तेहरान, फागुन ९ गते । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतकमध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?