logo
२०८१ बैशाख २६ बुधवार



महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

अन्तर्राष्ट्रिय |


महारानी एलिजाबेथ कोभिड सङ्क्रमित


लन्डन, फागुन ९ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ सङ्क्रमित हुनुभएको छ । तर उहाँमा सङ्क्रमणको लक्षण भने ‘हल्का’ छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। ‘बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ ।’ उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।

उहाँले कोभिडविरुद्धको खोप भने लगाइसक्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?