logo
२०८१ बैशाख २५ मंगलवार



अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धको घोषणा

अन्तर्राष्ट्रिय |


अमेरिकाद्वारा  रुसमाथि प्रतिबन्धको घोषणा


वासिङ्टन, फागुन ११ गते । युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ ।

कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिबन्ध लगाउने प्रचलन छ । यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रुपमा पनि लिइन्छ । यस्ता प्रतिबन्धले देशको अर्थतन्त्र र राजनीतिलाई बढी असर पर्ने र नेताहरुले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ ।

अमेरिकाले गरेको प्रतिबन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशले समेत समर्थन जनाउँदै आफ्नो देशहरुको तर्फबाट पनि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरुले प्रतिबन्ध पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।

उनीहरुले सूचना प्रविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोवारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ । रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरुले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?