logo
२०८१ बैशाख २३ आईतवार



इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु


पादाङ, फागुन १३ गते । इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

“म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासि भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोच्न सकेनौँ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने । भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असरसम्बन्धी दृश्यहरु सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापनसम्बन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समस्या उत्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?