logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा थप झण्डै सात हजार नयाँ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप झण्डै सात हजार नयाँ सङ्क्रमित


नयाँदिल्ली, फागुन १७ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?