logo
२०८१ बैशाख १५ शनिवार



रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

अन्तर्राष्ट्रिय |


रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल


कीभ, चैत १ गते । रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताउनुभएको छ ।

‘हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ । यो ढाँचाले समय र पैसाको बचत गरेको छ’ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?