logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोनाभाइरसबाट थप दुई हजार ५०३ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाभाइरसबाट थप दुई हजार ५०३ सङ्क्रमित


नयाँदिल्ली, चैत १ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भए तापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५६८ सङ्क्र्मित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा हालसम्म कुल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड २९ लाख ९६ हजार ६२ रहेको समाचारमा जनाइएको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ९७४ व्यक्तिको मृत्यु भएको छ । तीमध्ये ९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३३ हजार ९१७ रहेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ७२२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४६ हजार १७१ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणमुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

गत सोमबार एकै दिनमा भारतमा सात लाख ७७३ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म करिब ७८ करोड व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८२ करोड ८४ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?