logo
२०८१ बैशाख २२ शनिवार



चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना, मृतकको सङ्ख्या अज्ञात

अन्तर्राष्ट्रिय |


चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना, मृतकको सङ्ख्या अज्ञात
सांकेतिक तस्बिर


बेइजिङ, चैत ७ गते । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।

बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ । अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?