logo
२०८१ बैशाख १२ बुधवार



इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउनुहुँदै

अन्तर्राष्ट्रिय |


इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउनुहुँदै


नयाँदिल्ली, चैत ८ गते । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउनुहुने भएको छ । उहाँ आगामी अप्रिल ३ देखि भ्रमणमा आउनुहुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गतवर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले पहिलो पटक भारतको भ्रमण गर्न लाग्नुभएको हो ।

भारत र इजरायलका बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा उहाँले भारतको भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही अप्रिल ३ देखि ५ सम्म भ्रमण गर्ने तय भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँहरुका बीचमा यसअघि गत नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा साइडलाइन भेटवार्ता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?