logo
२०८१ बैशाख १३ बिहीवार



पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु


किभ, चैत ८ गते । पूर्वी युक्रेनको युद्धग्रस्त शहरमा रुसी आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको कीभका एक अधिकारीले मङ्गलबार भने बताएका छन् ।

डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो । घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

युक्रेनको पूर्वमा अवडिभ्का सन् २०१४ मा स्वघोषित गणतन्त्रको नियन्त्रणमा परेका मस्को समर्थक पृथकतावादीहरूको राजधानीको छेउमा छ ।

युक्रेनले रुसी सेनाले फेब्रुअरी २४ मा मस्कोले आफ्नो पश्चिमा समर्थक छिमेकीको सिमानामा सेना पठाएपछि चिकित्सा सुविधा, आवासीय क्षेत्र र बम आश्रयस्थललाई अन्धाधुन्ध रूपमा निशाना बनाएको आरोप लगाएको छ ।

यता रुसले भने जानाजानी नागरिकहरूलाई निशाना बनाएको अस्वीकार गर्दै युक्रेनी सेनाले नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । डेनिसोभाले टेलिग्राममा उल्लेख गरे अनुसार खार्किभ क्षेत्रमा रुसी ट्याङ्कले नागरिक चिन्ह लगाइएको कारलाई निशाना बनाएको र तीन वयस्क र एक बालक मारिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?