logo
२०८१ बैशाख ७ शुक्रवार



चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

अन्तर्राष्ट्रिय |


चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो


नान्निङ, चैत ९ गते । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना लगत्तै उद्धारटोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसमसम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?