logo
२०८१ बैशाख ८ शनिवार



भारतमा कोरोनाका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम


नयाँदिल्ली, चैत १० गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

भारतमा हाल सक्रिय सङक्रमितको सङ्ख्या २३ हजार ८७ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यद्यपी, बुधबार सार्वजनिक भएको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ४२७ रहेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ५३१ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ७५ हजार ५८८ पुगेको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमणमुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ६७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ६७२ को मृत्यु भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८२ करोड २३ लाख ३० हजार ३६५ डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?