logo
२०८१ बैशाख ८ शनिवार



चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा

अन्तर्राष्ट्रिय |


चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा


नयाँ दिल्ली, चैत ११ गते । चीनका विदेशमन्त्री वाङ यी भारत भ्रमणमा आउनुभएको छ । भ्रमणका क्रममा उहाँले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले भारतीय समकक्षी एस जयशङ्करसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गर्नुभएको छ । त्यसअघि उहाँले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उहाँकै कार्यालय साउथ ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुईपक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गर्नुभएको थियो । भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उहाँहरूले छलफल गर्नुभएको जनाइएको छ ।

विभिन्न देशको भ्रमण गर्ने क्रममा उहाँ बिहीवार बेलुका भारतको सङ्घीय राजधानी नयाँदिल्ली आइपुग्नुभएको हो । यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री यी भारत आउनुभएको जनाइएको छ । भारत आउनुअघि उहाँ पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को बैठकमा सहभागी हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?