logo
२०८१ बैशाख १३ बिहीवार



गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी

अन्तर्राष्ट्रिय |


गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी


लण्डन, चैत ११ गते । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार खाद्य पदार्थको मूल्यवृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ । खाद्य पदार्थमा भएको मूल्यवृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने उहाँले बताउनुभयो ।

“यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विशेष गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,” उहाँले भन्नुभयो । खाद्य पदार्थको मूल्यवृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति  हुन सक्नेमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उहाँको भनाइ छ । उर्जा सङ्कटका रुपमा उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई समेत सङ्केत गर्नुभएको जनाइएको छ ।

गार्जियनसँगको अन्तरवार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?