logo
२०८१ बैशाख २८ शुक्रवार



विश्व बैंक दाताहरूद्वारा अफगानिस्तानका लागि २८० मिलियन अमेरिकन डलर अनुमोदन

अर्थ |
अन्तर्राष्ट्रिय |


विश्व बैंक दाताहरूद्वारा अफगानिस्तानका लागि २८० मिलियन अमेरिकन डलर अनुमोदन


वासिङ्टन, मङ्सिर २५ गते । विश्व बैंक दाताहरूले शुक्रबार अफगानिस्तानलाई मानवीय समस्याहरू सम्बोधन गर्न २८० मिलियन अमेरिकन डलर जारी गर्न अनुमोदन गरेका छन् ।

अफगानिस्तान पुनर्निर्माण ट्रस्ट दाताहरूले युनिसेफ र विश्व खाद्य कार्यक्रमलाई डिसेम्बरको अन्त्यसम्ममा सो रकम उपलब्ध गराउन सहमत भएको विश्व बैंकलाई उद्धृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ ।

विज्ञप्ति अनुसार युनिसेफले अफगानिस्तानमा अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्न अमेरिकी डलर १०० मिलियन प्राप्त गर्नेछ भने डब्लुएफपीले देशमा खाद्य सुरक्षा र पोषण सञ्चालनलाई सबल बनाउन १८० मिलियन डलर प्राप्त गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?