भारत प्रशासित काश्मिरमा तीन दशकमा पाँच हजार ८८६ सुरक्षाकर्मी मारिए
गोरखापत्र अनलाइन
श्रावण २६, २०७८ मंगलवार
भारत प्रशासित जम्मु काश्मिरमा गएको तीन दशकमा आतङ्कवादी आक्रमणमा पाँच हजार ८८६ सुरक्षाकर्मी मारिएका छन् । उक्त आँकडामा सन् १९८९ देखि अगष्ट ५, २०१९ सम्मको सूची समेटिएको छ ।
भारतको लोक सभामा माग गरिएको एक प्रश्नमा गृह राज्य मन्त्री नित्यानन्द रायले मंगलबार उक्त आँकडा राख्नुभएको हो ।