ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि
रासस / एएफपी
फाल्गुन १४, २०७८ शनिबार
श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ ।
बजारको एक तिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डीजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढिरहेको छ ।