भारतले अफगानिस्तानमा दुई हजार पाँच सय टन गहुँ पठायो
रासस / एएफपी
फाल्गुन ११, २०७८ बुधबार
पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले सङ्कटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई “विनाशकारी“ मानवीय संकटको सामना गरिरहेको छ ।