लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने योजना
रासस / सिन्ह्वा
फाल्गुन १०, २०७८ मंगलवार
लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गर्नु भएको छ । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ, “डबेबाहले टेलिभिजन भाषणमा भन्नु भएको छ ।