बेरुतमा विस्फोट, ७८ जनाको मृत्यु ,चार हजार घाइते
गोरखापत्र अनलाइन ,
श्रावण २१, २०७७ बुधबार
लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा ७८ जनाको मृत्यु भएको छ भने करीब चार हजार घाइते भएका छन् ।लेबनानका प्रधानमन्त्री हसन डेबले करीब दुइ हजार ७५० टनबराबरको एमोनियम नाइट्रेट विस्फोट भएको र सो वस्तु गोदम घरमा विगत छ वर्षदेखि भण्डार गरी रहेको जनाउनु भएको छ ।