भारतमा सङ्क्रमित चार लाख नाघ्यो, मृतक १३ हजारभन्दा बढी
गोरखापत्र अनलाइन ,
असार ७, २०७७ आईतवार
शनिबार एकै दिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् । शनिबार बिहानसम्म तीन लाख ९६ हजार सङ्क्रमित रहेको भारतमा पछिल्लो चौबिस घण्टामा थपिएका नयाँ बिरामीसँगै कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ११ हजार ५०० पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १३ हजार पुगेको छ ।