सर्वाेच्चको आदेशलगत्तै ब्राजिलले कोरोनाबारे सूचना दिने वेबसाइट सुचारु गर्यो
न्यायाधीश अलेक्जेन्ड्रा डी मौरिसले स्वास्थ्य मन्त्रालयलाई सामुदायिक स्वास्थ्यको हित जोडिने हुनाले कोभिड –१९ सँग सम्बन्धित वेबसाइट पूर्णरुपमा सुचारु गर्न निर्देशन दिनुभयो ।
उत्तरी नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु
रोयटर्सका अनुसार ग्रामीणले जिहादी समूहको गतिविधिबारे सुरक्षा निकायलाई सूचना दिएकोले आक्रमण गरिएको हो । तर एएफपीले भने गाउँलेको प्रतिकारमा जिहादी समूहको मृत्यु भएपछि बदलास्वरुप उक्त घटना गरिएको उल्लेख गरेको छ ।
अफगानिस्तानका पूर्व सांसदको हत्या
आफ्नी दिदीको अन्तिम संस्कारका लागि घर जानुभएका पूर्व सांसद अहमदजाईलाई सोमबार राति उहाँकै घरबाट तालिबान लडाकुको एक समूहले अपहरण गरेको पारिवारिक श्रोतले बताएको छ । यस घटनाबारे तालिबान समूहले अझै कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
दक्षिणपश्चिम चीनमा भारी वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु
मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ ।
बुरुण्डीका राष्ट्रपतिको निधन
राष्ट्रपति पिएरी कुरुन्जिजा ५५ वर्षीय हुनुहुन्थ्यो ।