विश्व स्वास्थ्य सङ्गठनद्वारा हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षण बन्द गर्ने निर्णय
गोरखापत्र अनलाइन ,
जेष्ठ १३, २०७७ मंगलवार
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस विरुद्ध उपयोगि मानेर प्रयोगमा ल्याइएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको क्लिनिकल परीक्षण खारेज गरेको छ ।भारतबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार गत् साता सार्वजनिक गरिएको एक अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुनसक्ने देखाएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले तत्कालका लागि उक्त औषधिको प्रयोगशाला परीक्षण...