दोस्रो विश्वयुद्ध छलेका गोहीको रुसस्थित चिडियाखानामा मृत्यु
गोरखापत्र अनलाइन ,
जेष्ठ १२, २०७७ सोमबार
चिडियाखानाका अनुसार ८४ वर्षका गोही ‘शैटर्न’को शुक्रबार मृत्यु भएको हो । संयुक्त राज्य अमेरिकामा जन्मेको गोहीलाई पछि बर्लिनस्थित चिडियाखानामा ल्याइएको थियो । सन् १९४३ मा चिडियाखानामा बम पड्किदा गोही त्यहाँबाट उम्किएको थियो । सन् १९४६ सम्म शैटर्नको अवस्था अज्ञात थियो ।