logo
२०८१ बैशाख २५ मंगलवार



महरामाथिको ‘अभियोग दावी नपुग्ने ठहर’

मुख्य समाचार |
पढ्नै पर्ने |


महरामाथिको ‘अभियोग दावी नपुग्ने ठहर’


गोरखपात्र अनलाइन
काठमडौं, फागुन ५ गते । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरा माथि लागेको अभियोग दावी नपुग्ने ठहर गरेको छ ।
सोही आधारमा उहाँलाई सफाइ दिएको सर्वोच्च अदालतको वेभसाइटमा जिल्ला अदालतको दैनिक पेशी महलमा उल्लेख छ ।
यस्तै फैसला बारे कुरा गर्दै जिल्ला अदालत काठमाडौंका प्रवत्ता आनन्दकुमार श्रेष्ठले प्रतिवादी महराले अदालमा दिएको इन्कारी वयान र पीडित महिलाले अनुसन्धानका क्रममा दिएको वयान तथा अदालतमा गरेको बकपत्रमा उल्लेखित कुरा मिल्न गएकाले उहाँलाई सफाइ दिने ठहर भएको बताउनुभयो ।
बयानका क्रममा प्रतिवादी महराले आफू निजको घरमा जाँदै नगएको भन्ने व्यहराको इन्कारी बयान दिएको र पीडित भनिएकी महिलाले पनि निज महरा उक्त घटना भएको भनिएको दिन आफ्नो घरमा नआएको बकपत्र गरेको विषयलाई मुख्य आधार मानेको छ ।

याे पिन पढ्नुहाेस्

काठमाडौ जिल्ला अदालतबाट महरालाई सफाइ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?