logo
२०८० चैत्र १६ शुक्रवार



प्रत्यारोपणका लागि प्रमलाई केही बेरमा शल्यक्रिया कक्षमा लगिदै

मुख्य समाचार |
पढ्नै पर्ने |


प्रत्यारोपणका लागि प्रमलाई केही बेरमा शल्यक्रिया कक्षमा लगिदै


सराेज डुंगेल
काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकहरू अन्तिम तयारीमा जुटेका र केही बेर मै उहाँलाई शल्यक्रिया कक्षमा लगिने भएको छ ।
त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेम खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपणका लागि तयारी हुँदै गरेको र केही बेरमा शल्यक्रिया कक्षमा लगिने जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाबारे अस्पतालले अपरान्ह तिर प्रेस विज्ञप्ति मार्फत जानकारी गराउने बताउनुभयो ।
प्रत्यारोपणका लागि उहाँलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो
सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?