logo
२०८० चैत्र १६ शुक्रवार



कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल

मुख्य समाचार |


कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल


सरोज ढुङ्गेल

काठमाडौँ, चैत २४ गते । सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरस्थित क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिनुभयो । सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिँदै उहाँले चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा तीव्र परीक्षण (¥यापिड टेस्ट) मार्फत नमुना परीक्षण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यदि परीक्षणमा पोजेटिभ देखिएमा पीसीआर मेसिन मार्फत पुनः परीक्षण गरी निक्र्योल गरिने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उहाँले बाग्लुङमा सङ्क्रमित व्यक्तिको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गरिने पनि जानकारी दिनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा ‘¥यापिड टेस्ट’ मार्फत परीक्षण गर्ने निर्णय भएको जानकारी दिँदै उहाँले यसका लागि प्रभावित जिल्लामा टोली जाने तयारी भएको बताउनुभयो ।
कैलालीमा स्थानीय सङ्क्रमण देखिएपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा ¥यापिड टेस्ट किट मार्फत नमुना परीक्षण गर्ने निर्णय गरेको थियो । यसअघि क्वारेन्टाइनमा बसेकालाई लक्षण देखिएमा मात्रै नमुना परीक्षण हुँदै आएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।
प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २५२ नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । उहाँले हालसम्म एक हजार ५२९ जनाको परीक्षण भएको जानकारी दिँदै काठमाडौंँमा १२ र बाहिर १०१ गरी जम्मा ११३ जना आइसोलेसनमा रहेको बताउनुभयो ।
प्रभावित विभिन्न देशबाट आएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी उहाँले दिनुभयो । नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्काे चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै उहाँले विदेशबाट आएकालाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित हेटौँडा, चितवन, धरान, सुर्खेत, जनकपुर, पोखरा र धनगढी गरी आठ स्थानबाट नमुना परीक्षण भइरहेको छ । यस्तै बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीन जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?