देवबहादुर कुँवर
काठमाडौँ, जेठ २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार साँझ बाहिर निस्कँदै गर्दा मकवानपुरकी उमा पाण्डेले हर्षको आँसु झार्नु भयो । दायाँ काखमा तीन महिनाको बच्चा र बायाँ हातले ट्रली गुडाइरहेकी पाण्डे तीन वर्षपछि जन्मभूमि फर्किंदाको खुुसी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिनुभयो ।
यूएईको दुबईस्थित होटल ‘रिसेप्सनिस्ट’ मा कार्यरत पाण्डेले कोभिड–१९ को महामारीसँगै जागिर मात्र गुमाउनु भएन, सुत्केरी अवस्थामा पोषिलो खाना खानबाट समेत वञ्चित हुनुप¥यो ।
परदेशको जोखिम र पीडाबाट मुक्ति पाएर जसरी आए पनि आफ्नो देशमा आइयो, अब जन्मभूमिमा केही दुःख गरी जीविकोपार्जन गर्ने योजना उहाँको छ । पाण्डे दम्पती नै स्वदेश फर्कनुभएको छ ।
मोरङका डकेन्द्र दर्नाल र काभ्रेका रमेश तामाङको हातमा न सुटकेश भएको ट्रली थियो न त ह्यान्ड क्यारी नै, दुवैको हात रित्तो थियो । एक वर्ष जेल सजाय काटेर बसेका डकेन्द्र र रमेशजस्तै १२÷१३ जना युवा यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको कागजपत्र र पीसीआर परीक्षण रिपोर्ट बोकेर फर्किनु भएको छ ।
हामी त रित्तो हात फर्केका छौँ, काभ्रेका रमेशले भन्नुभयो, परदेशको कालकोठरीबाट आफ्नो देशमा फर्किन पायौँ सबैभन्दा खुसी त्यसैमा छौँ । के सपना बोकेर गएका थियौँ, कस्तो अवस्थामा फर्किनु प¥यो ।
सिराहका जितेन्द्र यादव र मुजादिन रहमान पनि शुक्रबार नै स्वदेश फर्किनु भएको छ । उहाँहरूका लागि कोभिड–१९ का कारण दुबईको बसाइ कष्टकर नै रह्यो । जितेन्द्र भन्नुहुन्छ, पैसाभन्दा प्राण प्यारो लाग्यो ।
कहिले जन्मभूमि नेपाल जान पाइएला र पेटभरि खान पाइएला जस्तै भयो, अर्का मुजादिन रहमानले भन्नुभयो, सबै देशका नागरिक आ–आफ्नो देश फर्किंदा हामीलाई पनि नेपाल सरकारले फिर्ता लैजाला र भन्ने लाग्थ्यो ।