logo
२०८१ मंसिर ८ शनिवार



कैलाली घटनाका दोषीलाई कारबाहीको माग

मुख्य समाचार |


कैलाली घटनाका दोषीलाई कारबाहीको माग


नारायण काफ्ले

काठमाडौँ, असार ५ गते । प्रतिनिधि सभाको बैठकमा कैलालीस्थित एक क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग भएको छ । बैठकमा विशेष समय लिएर सांसदले उक्त घटनाको विरोध गर्दै दोषीलाई हदैसम्म कारबाहीको माग गरेका हुन् । सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले उक्त घटनाको विरोध गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद थममाया थापाले क्वारेन्टाइन अव्यवस्थित र असुुरक्षित भएको भन्दै सरकारको ध्या(नाकर्षण गराउनुभयो । कैलालीस्थित क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै उहाँले क्वारेन्टाइनमा महिलालाई छुट्टै राख्ने व्यवस्थाको माग गर्नुभयो । नेकपाकै सांसद रेखा शर्माले क्वारेन्टाइनमा भएका हिंसाका घटनाको विरोध गर्नुभयो । व्यवस्थापन नहुँदा क्वारेन्टाइनमा हिंसाका घटना भइरहेको र क्वारेन्टाइन हिंसाको क्रीडास्थल बनेको भन्दै सुरक्षित राख्ने प्रबन्ध गर्न सरकारले विशेष ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो । एमसीसीलाई देश अनुकूल हुनेगरी पारितको प्रक्रिया अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।
यस्तै काँग्रेस सांसद पुष्पा भुसालले कैलालीस्थित क्वारेन्टाइनमा भएको बलात्कार घटनाको विरोध गर्नुभयो । उहाँले उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्नुभयो । काँग्रेसकै सांसद डिला सङ्ग्रौलाले पनि दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
यस्तै नेकपा सांसद झपट रावलले पनि घटनाको विरोध गर्दै घटनाका दोषीलाई हदै सम्मको कारबाही गर्न माग गर्नुभयो ।

नागरिकता विधेयक चाँडै
बैठकमा नेकपाका सांसद शिवकुमार मण्डलले नागरिकता विधेयक संसदीय समितिमा लामो समयसम्म रोकिनुको कारण माग गर्नुभयो । संसदीय समितिमा लामो समयसम्म विधेयक रोकिँदा कतिपय नागरिकले स्वाभाविक कानुनी अधिकार पनि प्राप्त गर्न नसकेको बताउँदै उहाँले विधेयक चाँडोभन्दा चाँडो पारितको व्यवस्था गर्न माग गर्नुभयो ।
यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद चन्दा चौधरीले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा हालकै व्यवस्था अनुसार कानुन बनाउन
माग गर्नुभयो ।

‘एमसीसी एकै रातमा आएको होइन’
नेकपाका सांसद खगराज अधिकारीले करका बारेमा सरकारको हातखुट्टा बाँध्ने काम भएको आरोप लगाउनुभयो । सबैतिरबाट सरकारको हातखुट्टा बाँधेर काम गरेन भन्ने विषयले व्यवस्था विरोधीलाई मात्र फाइदा पुग्ने अधिकारीको भनाइ छ ।
काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताका विषयमा अनावश्यक गिजोलिएको भन्दै आपत्ति जनाउनुभयो । सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षरसमेत गर्नुभएका कार्कीले नेकपाका कतिपय नेताले सन्धि राष्ट्रघाती भनेर अनावश्यक प्रचार गरेको बताउनुभयो । सम्झौतामा कुनै पनि राष्ट्रिय हित विपरीतका विषयमा समावेश नभएको पनि उहाँको
जिकिर छ ।
सांसद बालकृष्ण खाँणले कोरोनाका कारण सबै क्षेत्रका व्यवसायी मारमा परेको भन्दै राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?