logo
२०८१ फाल्गुन २६ सोमवार

  प्यूठान दुर्घटना अपडेट  



ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाउने सात जनाको परिचय खुल्यो

मुख्य समाचार |
प्रदेश |


ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाउने सात जनाको परिचय खुल्यो


सुजल श्रेष्ठ

प्यूठान,  साउन ४ गते । प्यूठानमा ट्रयाक्टर दुर्घटनामा  मृत्यु भएका व्यक्तिको पहिचान भएकाे छ । मृत्यु हुनेमा रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन् । 

त्यस्तै, ट्रयाक्टर चालक त्रिवेणी  गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवरकाे  पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

स्वर्गद्वारीको धरम्पानीबाट भिंगृतर्फ गुडेको ट्रयाक्टर नगरपालिका वडा नं. ३ रुमालेमा दुर्घटना भएको थियो ।
 
याे पनि पढ्नुहाेस्

  ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?