logo
२०८१ बैशाख ८ शनिवार



उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

मुख्य समाचार |


उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित


सरोज ढुङ्गेल

काठमाडौंँ, भदौ ७ गते । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

घटेन जोखिम
निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।
भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ ।

अवस्था जटिल हुनसक्छ : विज्ञ
त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताउनुभयो । उहाँले अहिले देखिएका ‘केस’ साउन महिनाको भएकाले निषेधाज्ञा भए पनि सङ्क्रमणको सङ्ख्या धेरै देखिएको बताउनुभयो ।
बन्जाराले बन्दाबन्दी खुलेपछि नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेको भन्दै सङ्क्रमण शून्य भएका देशमा पनि कुनै चमत्कार नगरी जनस्वास्थ्यका नियम मात्र पालना गरेको बत(ाउनुभयो । उहाँले नियमित मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र कुनै जमघट हुनुभन्दा पहिले त्यहाँ निर्मलीकरण गर्ने, साबुनपानीले जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्य मन्त्रालय, महानगरपालिका लगायतका निकायका कारण सङ्क्रमण बढेको बताउनुभयो । उहाँले समुदायभन्दा माथि गइसकेको सङ्क्रमण रोक्न कठिन हुने भन्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो । देशभर थपिए ६३४ सङ्क्रमित मन्त्रालयका अनुसार काठमाडाँै उपत्यकामा २१६ जनासहित देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ ।
नौ जनाको मृत्यु
यसैबीच शनिबार नेपालमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले गत २४ घण्टामा थप नौको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले भक्तपुर, मकवानपुर, सिरहा, बाराका एक÷एक पुरुष, पर्साका तीन पुरुष र सुनसरीमा छ वर्षीया बालिका र एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?