logo
२०८१ बैशाख १४ शुक्रवार



कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

मुख्य समाचार |


कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो



सरोज ढुङ्गेल

काठमाडौँ, असोज ९ गते । कोरोना निको हुनेको सङ्ख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको

कोरोनामुक्त हुनेकोसङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिनुभयो । हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

उपत्यकामा ७५५ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या देशभर देखिएको कुल सङ्ख्याको ५० प्रतिशतभन्दा बढी हो । काठमाडौँमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

थप १७ सङ्क्रमितको मृत्यु
नेपालमा बिहीबार १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । प्रवक्ता डा. गौतमले १२ वटा जिल्लाका पाँच महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु
भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?