logo
२०८१ बैशाख ६ बिहीवार



सुुरक्षित भएर किनमेलमा निस्कन आग्रह

मुख्य समाचार |


सुुरक्षित भएर किनमेलमा निस्कन आग्रह



सरोज ढुुङ्गेल

काठमाडौँ, कात्तिक १ । सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुुभयो ।
उहाँले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गर्नुभयो । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गर्नुुभयो । उहाँले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफूू सुरक्षित रहेर मात्र किनमेलमा निस्कन आग्रह गर्नुुभयो ।

थप चार हजार ३९२ सङ्क्रमित
नेपालमा थप चार हजार ३९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमले देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५३१ जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप चार हजार ३९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई हजार ४०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै शुक्रबार देशभर थप २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?