सरोज ढुङ्गेल
काठमाडौँ, मङ्सिर २१ गते । नेपालमा कोरोना भाइरस सङ्क्रमण हुन थालेपछि सरकारले गरेको बन्दाबन्दीमा धेरै अस्पतालले आकस्मिक शल्यक्रिया गरेका छन् । बन्दाबन्दीपछि मास्कको समेत अभाव भएको अवस्थामा त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल हृदयरोग केन्द्र, वीर, प्रसूति गृह लगायतका सरकारी अस्पतालमा आकस्मिक रूपमा शल्यक्रिया भएका थिए ।
बन्दाबन्दीको अवस्थामा त्रिवि शिक्षण अस्पतालमा कार्यरत बालरोग सर्जन डा. दिनेश कोइरालाले २५ वटा मेजर शल्यक्रिया गर्नुभएको थियो । त्यो बेला पीपीईको कुरा छाडौँ मास्कसमेत पाइँदैनथ्यो । वृद्ध र मधुमेह, उच्च रक्तचाप लगायतका समस्या भएका चिकित्सक अस्पताल आउने स्थिति थिएन । बाल सर्जन डा. कोइराला भन्नुहुन्छ, “मलाई अरू रोग नभएकाले म आफैँ अस्पताल आएर तीन महिनाको अवधिमा २५ मेजर र अन्य माइनर शल्यक्रिया गरेँ ।”
शल्यक्रियाको कुनै सामान नपाउने भएकाले कोरोना सङ्क्रमण (बन्दाबन्दी)को बेला पनि बच्चाको शल्यक्रिया धेरै महँगो परेको स्मरण गर्दै डा. कोइरालाले भन्न्नुभयो, “चैत, वैशाखमा न पञ्जा, न मास्क, न पीपीई तर पनि शल्यक्रिया गरँे ।” त्यो बेला दिनमा एक, दुई जनालाई कोरोना देखियो भन्ने बित्तिकै अवस्था त्रासदीपूर्ण रहेको चर्चा गर्दै डा. कोइराला भन्नुहुन्छ, “आफू निरोगी छु, केही भइहाले ठीक भइएला भन्ने मनोबल साँचेर शल्यक्रियामा उत्रिएँ ।”
बन्दाबन्दीको क्रममा निर्देशकलाई सोधेर बल्ल दुईवटा आरडीटी गर्न पाएको उहाँको अनुभव छ । त्यो बेला पैसा तिरेर आरडीटी÷पीसीआर गर्न सम्भव थिएन शल्यक्रिया भने निरन्तर गरिरहेकै हुन्थँे, डा. कोराइला भन्नुहुन्छ, “अरू सामान्य अवस्थामा सबै चिकित्सकले शल्यक्रिया गर्दा चाप हुने थिएन, बन्दाबन्दीमा आफूले मात्र शल्यक्रिया गर्दा चाप बढी परेको थियो ।” रडले रोपेर बच्चा आएको थियो । अरू सबै जना अप्रेसन गर्न डराउँथे उहाँले भन्नुभयो, “धेरै डर भएर एक पटक आफैँले पीपीई किनेर पनि शल्यक्रिया गरेँ ।” त्यो बेला पीपीईको मूूल्य १० हजार रुपियाँ थियो । पहिलो तीन महिनामा मात्र पीसीआर, आरडीटीआएको भन्दै उहाँले सुरुको अवस्थामा केही नभएको बताउनुभयो ।
अहिलेको अवस्थामा कोभिड पोजेटिभ बिरामीलाई शल्यक्रिया गर्न धेरै सहज भएको उहाँको भनाइ छ ।
यस्तै गङ्गालाल हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. प्रशान्त वज्राचार्यको टोलीले जानीजानी कोरोना सङ्क्रमित वृद्धको पेसमेकरको शल्यक्रिया गर्नुभएको थियो । तत्कालका लागि अस्थायी तार राखेर पेसमेकरको शल्यक्रिया गर्नुपर्नेमा उक्त बिरामीको अस्थायी तारले समेत काम नगरेपछि उहाँलाई चिकित्सकले पेसमेकर राखेका थिए ।
डा. वज्राचार्यले बन्दाबन्दीको समयमा पोखराबाट हेलिकप्टरबाट ल्याइएका ८४ वर्षीय वृद्धको कोरोना पोजेटिभ हँुदाहँुदै शल्यक्रिया गर्नुपरेको बताउनुभयो । अरू बिरामीलाई पीसीआर नेगेटिभ नआई शल्यक्रिया गरिँदैनथ्यो, डा. वज्राचार्यले भन्नुभयो, “ती वृद्धलाई अस्थायी तारले पनि काम नगरेपछि कोरोना पोजेटिभ छ भन्ने थाहा हँुदाहुँदै पनि शल्यक्रिया ग¥यौँ ।”
डा. वज्राचार्यले गङ्गालाल हृदय रोग केन्द्रमा पेसमेकरको शल्यक्रिया आपत्कालीन भएकोले अस्पताल व्यवस्थापनले नियमित सञ्चालन गरेको जानकारी दिनुभयो । डा. वज्राचार्यले बन्दाबन्दीको समयमा ८० जनाको पेसमेकरको शल्यक्रिया गर्नुभएको थियो । बन्दाबन्दीको अवस्थामा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ठूलो सहयोग गरेको बताउनुभयो ।
गङ्गालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुरोग आपत्कालीन भएकाले बन्दाबन्दीमा शल्यक्रिया लगायतका सेवा नरोकेको बताउनुभयो । मुटुरोगलाई पछि उपचार गरौँला भनेर हुन्न, डा. अधिकारीले भन्नुभयो, “त्यसैले मुटुसँग शल्यक्रिया बन्दाबन्दीको अवस्थामा पनि गरेका थियौँ ।”
गङ्गालालमा बन्दाबन्दीको सात महिनायता १८६ जनाको ओपन हार्ट शल्यक्रिया भएको बताउनुभयो । उहाँले केन्द्रले १२ चैतदेखि बन्दाबन्दीको अवस्थासम्म १८६ जनाको शल्यक्रिया गरेको जानकारी दिनुभयो । उहाँले छ हजार ४६१ जना बिरामीले केन्द्रबाट आकस्मिक सेवा लिएको, एक हजार ८५१ जना बिरामीले अन्तरङ्ग बिरामी भर्ना सेवा लिएको, क्याथ ल्याब प्रोसिड्युअरअन्तर्गत एक हजार २२९ जना बिरामीले सेवा लिएको बताउनुभयो । जसमध्ये प्राइमरी एन्जियोप्लास्टीमा १७६ जना, परमानेन्ट पेसमेकरमा ९९ जना, कोरोनरी एन्जिओग्राफीमा ५८७ जना, कोरोनरी एन्जियोप्लास्टीमा २५३ जना बिरामीको उपचार गरिएको बताउनुभयो । यस्तै बन्दाबन्दीमा ८० जना कोरोना सङ्क्रमित बिरामीको उपचार गरिएको बताउनुभयो ।
यस्तै थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पतालमा हालसम्म एक सयभन्दा बढी सुत्केरीको शल्यक्रिया गरिएको छ । अस्पतालको समग्र कोभिड व्यवस्थापनको जिम्मा पाउनुभएका डा. कीर्तिपाल सुवेदी बन्दाबन्दीको अवस्थामा एउटा मास्कलाई सात दिनसम्म लगाएको अनुभव सुनाउनुभयो ।
डा. सुवेदीले अस्पतालमा बन्दाबन्दीको अवस्थामा २५ प्रतिशत बिरामी घटे पनि सुत्केरी हुने क्रम नघटेको बताउनुभयो । अरू निजी तथा सामुदायिक अस्पतालले समेत त्यो बेला प्रसूति गृहमा गर्भवती तथा सुत्केरीलाई रिफर गर्दथे, डा. सुवेदीले भन्नुभयो, “कोरोना पोजेटिभ बिरामी आउन थालेपछि कुपण्डोलस्थित छुट्टै बिल्डिङमा व्यवस्था गरेर कोभिड गर्भवतीको उपचार गर्न सुरु
गरिएएको थियो ।”