logo
२०८१ बैशाख ७ शुक्रवार



रगतको माग धान्नै कठिन

मुख्य समाचार |


रगतको माग धान्नै कठिन


सरोज ढुङ्गेल

काठमाडौँ, मङ्सिर २८ गते । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो ।
शनिबार प्रायः १०/१२ स्थानमा रक्तदान कार्यक्रम आयोजना हुन्थे । एउटै स्थानबाट ५० युनिटभन्दा धेरै रक्तदान गर्ने स्वयंसेवी हुन्थे । आज (शनिबार) काठमाडौंँ उपत्यकामा जम्मा दुई स्थानमा मात्र रक्तदान गरियो । एक स्थानबाट २५ युनिट र अर्कोबाट ३१ युनिट गरी जम्मा ५६ युनिट रगत सङ्कलन भयो । यसले नेपालमा य(ितबेला रगतको चरम अभाव छ भनेर पछिल्लो पुष्टि हो ।
सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले रगतको चरम अभाव भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभावबीच स्वयंसेवी रक्तदाताले गरेको रक्तदानले गर्दा बिरामीले रगत नपाएको अवस्था भने छैन । अहिले काठमाडौँका मुख्य–मुख्य अस्पतालले ब्लड बैङ्कको व्यवस्था गरेर आफ्ना अस्पतालका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराएका कारण रगतको अभाव पूर्ति गर्न सहज भएको छ ।
पछिल्लो समय निजी अस्पतालले पनि ब्लड बैङ्कको स्थापना गरेर रगत सङ्कलन गरिरहेका छन् । त्यसले रगत अभाव केही हदसम्म सहज बनाएको छ । डा. राजकर्णिकारले कोरोना महामारीकालमा हत्तपत्त कसैले रक्तदान गर्न नमान्ने गरेको बत(ाउनुभयो । स्वेच्छाले रक्तदान गर्ने व्यक्ति पनि कोरोनाको डरले पछि हट्दा रगतको अभाव हुन गएको हो । उहाँले कोरोना सङ्क्रमण दर तीव्र गतिमा बढ्दै गएकाले रक्तदानमा समस्या भएको बताउनुभयो ।
यता रक्त सङ्कलनमा नेपाल स्वयंसेवी रक्तदाता समाजको भूमिका महìवपूर्ण छ । बिरामी रेडक्रस तथा अस्पतालको रक्त केन्द्रमा जाने तर त्यहाँबाट रगत छैन भनेर स्वयंसेवी रक्तदाताकहाँ गुहार्ने गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले शनिबार मात्रै १६ जना बिरामीलाई रगतको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले रात दिन नभनी स्वयंसेवी रक्तदाताले रगत अभाव हुन नदिन लागिपरेको बत(ाउनुभयो । रक्तदाताले स्वयंसेवी रूपमा रक्तदान गरिरहेका छन् तर सम्बन्धित निकायले चासो दिन सकेको छैन । नेपाल सरकार र नेपाल रेडक्रसले रगत अभाव हुन नदिन कुनै पहल नगरेको अध्यक्ष कर्माचार्यले भन्नुभयो, “आज मात्र दुईवटा कार्यक्रम गरेर रगतको कार्यक्रममा भैरहवा जान लागेको छु ।” अहिले सम्बन्धित निकायले ध्यान नदिएर स्वयंसेवी रक्तदाताको मात्र पहलमा रगतको अभाव टरेको छ कर्माचार्यले भन्नुभयो, “अहिलेसम्म कुनै पनि बिरामीलाई रगत नभएर खाली हात पठाएको अवस्था छैन ।” स्ययंसेवी रक्तदाता समाजको देशैभर सञ्जाल रहेकाले सहज भएको उहाँको भनाइ छ । उहाँले आवश्यकता अनुसार दाता खोजेर रगत दिइरहेको भन्दै बिरामी पक्ष भने सम्बन्धित ठाउँमा रगत नपाउँदा थप मारमा परिरहेको बताउनुभयो ।
रगतको आपूर्तिमा उपाय खोज्नुपर्ने हो तर खोजिरहेको छैन । बिरामीलाई रक्तदान केन्द्रमा जाँदा रगत छैन भनेर पठाइन्छ उहाँ भन्नुहुन्छ,“तर त्यसको मार प्रत्यक्ष बिरामीलाई परिरहेको हुन्छ ।” कोरोनाले रगत अभाव हुन गयो भन्ने विषय त एउटा बहाना मात्र हो अध्यक्ष कर्माचार्यले थप्नुभयो, “त्यसो त दशँै, तिहार, छठ जस्ता चाडमा पनि रक्तदान हुँदैनथ्यो ।” नेपालमा रगत निःशुल्क मानवीय रक्तदान गर्ने रक्तदाताको भूमिका केही छैन । न रक्तदातालाई सरकारले खोज्छ, न त रेडक्रसले नै । हामीले निःशुल्क रूपमा रक्तदान गर्दै आइरहेका छौंँ । रक्तदाताका अनुसार सबै रोडम्याप तयार गरेर रगत अभाव हुन नदिन रक्तदातासँग रोडम्याप तयार गरेर अगाडि बढ्न सकिन्छ तर त्यो आवाज पनि सरकारले सुनेको छैन ।
रक्तदाताले आह्वान गरेको विषयमा सम्बन्धित निकाय केही सुन्न चाहँदैन । रगत छैन भनेर तड्पाउने काम गरिन्छ त्यसपछि हामीकहाँ आउने गर्दछन् । स्वयंसेवी रक्तदाताले अहिलेसम्म रगत छैन भनेर फर्काएको अवस्था छैन । यद्यपि यतिखेर विमानस्थलमा हुँदा पनि दुई जनाको कार्ड गोजीमा बोकेर हिँडेको छु । आज मात्र पनि १६ जना रगत पाइएन भन्दै आए र रगत मिलाइसक्याँै । आज जम्मा रक्तदान कार्यक्रम दुई ठाउँमा मात्र थियो । दुईवटा कार्यक्रमले २५० देखि तीन सय सम्मलाई रगतको व्यवस्था गर्नुपर्ने हुन्छ । कमसेकम सम्बन्धित निकायले चासो देखाउनुप¥यो । अब रक्तदाताले पनि सहज रूपमा रगत दिन सक्ने अवस्था छैन ।
रक्त व्यवस्थामा स्वयंसेवी रक्तदाताको भूमिका हँुदैन तबसम्म कर्मचारी मानसिकताबाट कहिल्यै रगतको अभाव हट्दैन । रगतको जिम्मा रेडक्रसलाई दिएको छ । रेडक्रसमा पहिले ८४० रुपियाँबाट ४९५ मा झारेका छौँ । रक्तदाताले निःशुल्क रूपमा दिनुपर्ने रगत बिरामीले किनेरै लिनुपर्ने बाध्यता छ । अति संवेदनशील र गम्भीर अवस्था छ ।
रक्तदाता स्वयंसेवीको पहलमा म्याग्दी, डडेल्धुरा, दोलखा, टीकापुर नगरपालिका लगायतका क्षेत्रमा स्थानीय निकाय सँगको सहकार्यमा रगत निःशुल्क गर्दै आएका छौँ । सबैले आफ्नो ठाउँबाट अघि बढ्ने हो भने रगत निःशुल्क रूपमा प्रयोग गर्न कुनै समस्या छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?