logo
२०८० चैत्र १५ बिहीवार



आयुर्वेदिक औषधि उपयोगी

मुख्य समाचार |


आयुर्वेदिक औषधि उपयोगी


सरोज ढुङ्गेल

काठमाडौँ, माघ ४ गते । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुनुहुन्छ । सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको हुनुभयो ।
“मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा. प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा. श्रेष्ठले भन्नुभयो । उहाँकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हँुदा आयुर्वेदिक औषधिले निको भएको डा. श्रेष्ठको अनुभव छ ।
“म एलोपेथिक चिकित्सक हुँ तर कोरोनाकालमा आयुर्वेदिक औषधि धेरै सङ्क्रमितलाई वरदान हुन पुगेको छ । कतिले विश्वास गर्छन्, कतिले गर्दैनन् । मेरो लागि आयुर्वेदिक औषधिले धेरै सुधार ग¥यो । म अरूलाई पनि आयुर्वेदिक औषधि प्रयोगका लागि भन्ने गर्छु,” डा. श्रेष्ठले भन्नुभयो । उहाँजस्ता धेरै एलोपेथिक चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत कोरोनाको औषधिका रूपमा आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफूले पनि आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्दै अरूलाई प्रयोग गर्न सुझाव दिनुभयो । आयुर्वेदिक औषधिले आफूलाई धेरै राम्रो गरेको जानकारी दिँदै उहाँले उक्त औषधि प्रयोग गर्न अरू सङ्क्रमितलाई पनि सुझाव दिनुभयो ।
त्यसो त नरदेवी आयुर्वेदिक चिकित्सालयबाट हालसम्म ७० हजार व्यक्तिले कोरोना उपचारका लागि औषधि लगिसकेका छन् । “हाम्रो तथ्याङ्कमा ६० हजार जनाले औषधि लगेका छन्, यो तथ्याङ्कबाहेक २० हजार जनाले आयुर्वेदिक औषधि प्रयोग गरेका छन्,” नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा. प्रदीप केसीले भन्नुभयो । चिकित्सक, नर्स, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, नेता सबैले कोरोना उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको डा. केसीले स्पष्ट पार्नुभयो ।
नरदेवीमा नै उत्पादन गरेको ज्येष्ठवासादी मिश्रण औषधि कोरोना निको बनाउन सहयोगी भएको निर्देशक डा. केसीले दाबी गर्नुभयो । कोरोना कोषबाट अस्पताललाई प्राप्त एक करोड रुपियाँबाट उक्त औषधि निःशुल्क वितरण गरिएको थियो । डा. केसीका अनुसार एक केजी आयुर्वेदिक औषधि बनाउन अस्पतालले एक हजार तीन सय रुपियाँ खर्च गरेको थियो । यस्ता औषधि एक सय वर्षभन्दा अघिदेखि नै बनाउने र प्रयोग गर्ने गरेको चर्चा गर्दै डा. केसीले भन्नुभयो, “यसको प्रभावकारिता त्यो बेलादेखि नै राम्रो थियो ।”
आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोरोना उपाचारमा आयुर्वेदको महìव धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कीर्तिपुरस्थित आयुर्वेद उपचार केन्द्रमा दुई हजारभन्दा बढी सङ्क्रमितको उपचार भएको छ । ती सबैले आयुर्वेदलाई विश्वास गरिरहेका छन् ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?