logo
२०८१ बैशाख १३ बिहीवार



जोखिममा पनि निरन्तर सेवा

मुख्य समाचार |


जोखिममा पनि निरन्तर सेवा



सरोज ढुङ्गेल

काठमाडौँ, फागुन २ गते । दुर्घटनामा परेका बिरामीको सेवामा निरन्तर लागिरहने चिकित्सक र स्वास्थ्यकर्मीको जीवन कोरोना भाइरसको कहरसँगै थप जोखिमको अवस्थामा पुग्यो । राजधानीको मध्य भागमा रहेको राष्ट्रिय ट्रमा सेन्टरले भौतिक पूर्वाधार विस्तार गर्दै जोखिममा पनि निरन्तर सेवा प्रवाह गरिरहेको छ ।
आकस्मिक कक्षमै शल्यक्रिया कक्ष राखेर यसले सेवालाई आधुनिकीकरणतर्फ लैजाँदै छ । सेन्टरका निर्देशक डा. सन्तोष पौडेल पूर्वाधारमा सुधार गर्दै असजिलो अवस्थामा पनि सेवालाई निरन्तरता दिएको बताउनुहुन्छ । सेन्टरले चिकित्सक तथा नर्सको भौतिक तथा पेसागत सुरक्षाका लागि अहिले प्रविधिमैत्री अस्पताल सेवाको अवधारणा कार्यान्वयनमा ल्याएको छ ।
“कोरोनाले हामीलाई प्रविधिमैत्री सेवातिर पनि अग्रसर गरायो,” डा. पौडेलले कम्प्युटरको व्यवस्थापन गरेर डिजिटलमैत्री अस्पतालको अवधारणा कार्यान्वयनमा ल्याएको बताउनुभयो । पैसा तिर्न सक्नेहरू निजी अस्पतालको जस्तै सुविधा खोज्नेका लागि क्याबिनको व्यवस्था गरिएको छ । हाललाई तीनवटा स्पेशल क्याबिनको व्यवस्था गरिएको र पछि यसलाई बढाउन सकिने पौडेलको भनाइ छ ।
निरन्तर सेवा
डा. पौडेलका अनुसार आकस्मिक कक्षमा २४ घण्टा शल्यक्रिया गर्न सक्ने गरी क्षमता वृद्धि गरिएको छ । तत्काल गर्नुपर्ने धेरै शल्यक्रिया आकस्मिक कक्षमै हुने गरेको छ । यसले मुख्य शल्यक्रिया गर्न सहज भएको छ । हात भाँचिएको, तार राख्नुपर्ने, बच्चालाई बेहोस बनाएर हड्डी मिलाउनुपर्ने, नसा छिनेको सिलाउनुपर्नेजस्ता शल्यक्रिया अहिले सेन्टरले आकस्मिक कक्षमा तत्कालै गर्ने गरेको छ ।
पहिले १२ वटा शल्यक्रिया हुने गरेकोमा अहिले दैनिक २७ वटा मुख्य शल्यक्रिया हुने गरेको निर्देशक डा. पौडेल बताउनुहुन्छ । पहिले ३२ शøया सञ्चालन रहेकोमा थप १० शøया सञ्चालनमा ल्याइएको छ ।अहिले आकस्मिक कक्ष पनि पूर्ण रूपमा चलेको छ । आकस्मिक कक्षमै ‘अब्जरभेसन वार्ड’ सुरु गरिएको छ । हाललाई उक्त वार्ड कोभिडको आइसोलेसन वार्डका रूपमा राखिएको छ ।
सुविधामा वृद्धि
ज्यान जोखिममा रहेका बिरामीका लागि तत्काल उपचार हुन्छ । टाउको फुटेर आएका व्यक्तिलाई तत्काल शल्यक्रियाको आवश्यकता छ भने त्यस्तो अवस्थामा भेन्टिलेटरको सुविधा आकस्मिक कक्षमै उपलब्ध छ । नेपालका सरकारी अस्पतालमा पहिलो पटक आकस्मिक कक्षमै भेन्टिलेटरको व्यवस्था गरिएको हो । यो धेरै महìवपूर्ण विषय हो ।
आकस्मिक कक्षमा दुईवटा भेन्टिलेटरको व्यवस्थाले धेरै जनाको ज्यान खतरामुक्त गर्न सघाउ पुगेको छ । फोक्सोको चोट, मेजर ब्लिडिङ, टाउकोमा गम्भीर चोट आदि भएर आएका बेहोस बिरामीका लागि आकस्मिक कक्षमै भेन्टिलेटरको व्यवस्था गरिएको हो । त्यस्ता बिरामीलाई तत्काल नै बचाउन सकिन्छ । केही दिन अघि मात्र सिन्धुलीबाट ‘हेड इन्जुरी’ भएका बिरामीलाई आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखेर सफल उपचार गरियो ।
शल्यक्रिया कक्ष पूर्ण सञ्चालन
सेन्टरका छवटै शल्यक्रिया कक्षमा बेहोस बनाउने मेसिन राखिएको छ । सबै खालका शल्यक्रिया ती सबै कक्षमा हुने गरेको छ । एक्स–रे, भेन्टिलेटर, औषधि र चिकित्सक सहित ‘क’ वर्गको एम्बुलेन्स सेवासमेत प्रदान गरिएको छ । काठमाडौँ उपत्यकामा कहीँ दुर्घटना भयो र त्यहाँ पुग्न अत्याधुनिक एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
त्यसलाई मोबाइल आईसीयू भनिन्छ । त्यसमा आईसीयूको सबै व्यवस्था हुन्छ । दुईवटा भेन्टिलेटर सहितका एम्बुलेन्स सञ्चालन गर्नुपर्छ भनेर एम्बुलेन्सलाई अपग्रेड गर्ने र अर्को नयाँ खरिद गर्ने योजना बनाएर एम्बुलेन्स आइसकेको छ । त्यो एम्बुलेन्स एक हप्ताभित्र पूर्ण रूपमा सञ्चालनमा आउँछ । त्यसले दुर्घटनास्थलमै गएर बिरामीलाई सुरक्षित रूपमा अस्पतालसम्म ल्याउने छ ।
प्राथमिक अस्पतालमा जहाँ चिकित्सक हुन्छ, त्यहाँ ट्रमाको उपचार गर्न छुट्टै खालको जनशक्ति तालिम दिएर लैजानुपर्छ । त्यहाँ छुट्टै खालको इक्विपमेन्ट राख्नुपर्छ । एउटा छुट्टै वार्डको व्यवस्था गर्नुपर्छ । प्राथमिक अस्पतालमा प्राथमिक उपचार हुने, सेकेन्डरी अस्पताल, टर्चरी अस्पताल हुँदै रेफरल अस्पतालसम्म पुग्नुपर्छ । अस्पतालअनुसारको विज्ञता थप्दै लैजानुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?