logo
२०८१ बैशाख १२ बुधवार



मेलम्चीको पानी सुन्दरीजल आज आइपुग्ने, प्रमले अवलोकन गर्नु हुने

मुख्य समाचार |


मेलम्चीको पानी सुन्दरीजल आज आइपुग्ने, प्रमले अवलोकन गर्नु हुने


मुकुन्द गैरे
काठमाडौं, फागुन २१ गते । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट भोलि (शनिवार) पानी सुन्दरीजलस्थित प्रशाेधन केन्द्रमा झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी भोलि अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्नु हुने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँले आजसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलाे भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले भोलिसम्म पानी सुन्दरीजल आइपुग्ने बताउनुभयो ।
यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियाे ।
हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप