logo
२०८१ बैशाख ११ मंगलवार



   कोरोना सङ्क्रमण उच्च : २४ घण्टामा पाँच हजार ७६३ जना सङ्क्रमित

२४ घण्टामा पाँच हजार ७६३ जना सङ्क्रमित

मुख्य समाचार |


   कोरोना सङ्क्रमण उच्च : २४ घण्टामा पाँच हजार ७६३ जना सङ्क्रमित


सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख १९ गते । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना (कोभिड–१९) सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा उच्च देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दशभर थप पाँच हजार ७६३ जना व्यक्ति सङ्क्रमित भएका छन् । दोस्रो लहरको सङ्क्रमण देखा परेसँंगै सङ्क्रमितको सङ्ख्या उच्च भएको हो ।
यसअघि पहिलो लहरको सङ्क्रमणका क्रममा गत कात्तिकमा एकै दिन पाँच हजार ७४३ जना सङ्क्रमित भएका थिए । राजधानी उपत्यकासँगै देशका कति(पय जिल्लामा निषेधाज्ञा लगाइरहँदा सङ्क्रमितको सङ्ख्या भने हालसम्मकै उच्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार १४ हजार ४०३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका हुन् ।
यस्तै ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना सङ्क्रमित थपिएर पाँच हजार ७६३ पुगेको हो । नयाँ सङ्क्रमणसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ । शनिबार नेपालमा थप १९ जना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रबार ३३ जना र बिहीबार ३५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
योसँंगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २९८ पुगेको छ । यस्तै शनिबार थप एक हजार २८७ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ८५ दशमलव ९ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमण दर उच्च रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा दुई हजार ४९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना सङ्क्रमित थपिएका हुन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ हजार २१३ पुगेको छ भने क्वारेन्टाइनमा ६७ जना छन् । यसैबीच देशभर हाल ५११ जना सङ्क्रमित विभिन्न अस्पतालको आाईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार ४०१ जना सङ्क्रमित आईसीयू र ११० जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४६ आईसीयू र १० भेन्टिलेटरमा, प्रदेश २ मा २४ आईसीयू र दुई भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा १९६ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन् ।
यस्तै गण्डकी प्रदेशमा पाँच जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३१ जना आईसीयू र सात जना भेन्टिलेटरमा, सुदूरपश्चिममा २२ जना आईसीयू र आठ जना भेन्टिलेटरमा उपचारत छन् । यसैगरी काठमाडौँ उपत्यकाको अस्पतालमा १९० जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् भने ८८९ जना आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा १२ आईसीयूमा, सात भेन्टिलेटर र १६२ जना आइसोलेसनमा छन् ।
वीरेन्द्र अस्पताल छाउनीमा पाँच जना आईसीयू र ७१ जना आइसोलेसनमा, वीर अस्पतालमा छ आईसीयू, दुई भेन्टिलेटर र ५७ जना आइसोलेसनमा रहेका छन् । नेपाल प्रहरी अस्पतालमा पाँच आईसीयू र ८३ जना आइसोलेसनमा छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना आईसीयू, १२ भेन्टिलेटर र ५७ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा १५ आईसीयू, पाँच भेन्टिलेटर र १२६ जना आइसोलेसनमा, पाटन अस्पतालमा नौ आईसीयूमा, नौ भेन्टिलेटर र ९० जना आइसोलेसनमा छन् ।

 निजामती कर्मचारी अस्पतालमा १४ जना आईसीयू र ३३ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १२७ जना आइसोेलेसनमा छन्। निजी क्षेत्रका अस्पतालमध्ये ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सात जना आईसीयू र आठ जना भेन्टिलेटर र ३९ जना आइसोलेसनमा, ह्याम्स अस्पतालमा २० जना आईसीयू, चार जना भेन्टिलेटर र ८८ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २५ आईसीयू, सात भेन्टिलेटर र ४७ जना आइसोलेसनमा, स्टार अस्पतालमा छ आईसीयूमा र १४ जना आइसोलेसनमा उपचाररत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?