logo
२०८१ मंसिर ९ आईतवार

  काँग्रेसको १४ औँ महाधिवेशन  



सभापति पदको मतगणना सुरु, जित्न २३४० मत आवश्यक

मुख्य समाचार |
राजनीति |


सभापति पदको मतगणना सुरु, जित्न २३४० मत आवश्यक


काठमाडौं, मङ्सिर २८ गते । नेपाली काँग्रेस महाधिवेशअन्तर्गत भएको मतदानमा सभापति पदको मतगणना सुरु भएको छ । मंगलबार बिहान  करीब ४ : ३० राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु भएको निर्वाचन समितिका सचिव केशब रिजालले बताउनुभयाे । 

काँग्रेस सभापतिका लागि प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ । सभापतितर्फको उम्मेदवारका प्रतिनिधिलाई राष्ट्रियसभा गृहमा बोलाइएको छ । 

सोमबार बिहान ११ बजेदेखि रातिको साढे ११ बजेसम्म भएको मतदानमा ४ हजार ६७९ मत खसेको निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो ।

काँग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । चार हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था काँग्रेसको विधानमा छ ।

सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने छ भने मतगणना पार्टी कार्यालय सानेपामा हुने सचिव अधिवक्ता रिजालले बताउनुभयो ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?