logo
२०८१ जेष्ठ ३ बिहीवार



विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

समाज |
खुला |


विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए
प्रतिनिधि तस्बिर


काठमाडौं, फागुन २० गते। काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन्। फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित एक मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारेको हो।

प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको परिसरले एक सूचना जारी गरी जनाएको छ। उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?