logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू

पढ्नै पर्ने |
राष्ट्रिय |


स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू


काठमाडौं, चैत १७ गते । जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरिएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले नेपाली सेनाको निगरामीमा बिहीबारबाट मतपत्र छपाई सुरु भएको जानकारी दिनुभयो । साथै निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले परीक्षणका रूपम नमुना मतपत्र छाप्न थालिएकाे बताउनुभयाे । 
निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियालगायत आयोगका पदाधिकारीहरु र नेपाली सेनाको उपस्थितिमा नमुना मतपत्र छपाईको उद्घाटन भएको उहाँले बताउनुभयो ।
सू्चना अधिकारी अर्चायले अहिले केन्द्र सेनाको नियन्त्रणमा रहेको छ । साथै, मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा १२० जनाभन्दा बढी सेनाले सुरक्षा दिएको र थप आउने क्रममा रहेको उहााले जानकारी दिनुभयो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन् । स्वीकृत अन्तिम मतदाता नामावली बमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १५ प्रतिशत बढी मतपत्र छापिने आयोगले जनाएको छ ।
आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यसैगरी, निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?