थारु आयोगको प्रतिवेदन संसद्मा पेश : अर्को बैठक फागुन ६ गते
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७८ बुधबार
संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच उक्त प्रतिवेदन पेश भएको हो । बैठक केही शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो...