महाअभियोग प्रस्तावमाथि अब संसद्मा छलफल हुन्छ: कानुनमन्त्री
रासस
फाल्गुन १, २०७८ आइतवार
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको छ। सङ्घीय संसद् सचिवालयमा आइतबार पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ। संवैधानिक गतिरोधको निकासका लागि प्रक्रिया अगाडि बढेको छ।’
संसद् सचिवालयमा सत्तारुढ गठबन्धनका ९८ जना...