मधेस प्रदेशको चार वर्षे उपलब्धि : ४४ वटा ऐन बने
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको चौंथो वार्षिक उत्सवको अवसरमा पत्रकार सम्मेलन गर्नुभएको छ। जनकपुरधामस्थित मधेस भवनमा पत्रकार सम्मेलन गर्दै मधेस प्रदेश सरकारको चौंथो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको चार वर्षको उपलब्धि बारे धारणा राख्नु भएको हो।