मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
नेवार समुदायले आफ्नो मौलिक संवत्को नयाँ वर्ष ११४० (न्हूँः दँयाः भिन्तुना) मङ्गलबार धूमधामसाथ मनाउने भएका छन् । नेपालमा मात्र नभएर देश विदेशका नेवार समुदायले पनि यस पर्वलाई मनाउने गर्छन् । म्ह पूजा, कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा)को दिन नेपाल संवत् मनाउने गरिन्छ ।